Pura Samachar

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित: March 11, 2024
पूरा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर। बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार मदनभण्डारी लोकमार्गको त्रियुगा नगरपालिका–७ होक्सेमा यात्रुबहाक बसले विपरित दिशाबाट आइरहेको मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाका अनुसार पश्चिमबाट पुर्व तर्फ आउदै गरेको स१ख ८१६  नम्वरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१६ प ४६७ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

 

उक्त ठक्करबाट मोटरसाइकल चालक जिल्ला ईलाम सुर्योदय नगरपालिका–३ बस्ने वर्ष २४ का प्रगित राईको टाउको र शरिरिरको बिभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका थिए।

मृतक राईले प्रहरी टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाएकोमा उपचारको क्रममा उक्त अस्पतालर्म मृत्यु भएको थापाको भनाइ छ।

 

ठक्कर दिने बस र बस चालक जिल्ला उदयपुर उदयपुरगढी गाउँपालिका–६ का वर्ष ३० को नारायण सुनुवारलाई प्रहरीले नियन्णमा लिएको जानकारी दिइएको छ।

प्रतिक्रिया