Pura Samachar

पारस खड्का नेतृत्वकाे सन् २०१४ विश्वकप लिजेण्ड्सले एक्साट्रेक लिजेण्ड कपकाे उपाधि

प्रकाशित: March 11, 2024
पूरा समाचार

पारस खड्का नेतृत्वकाे सन् २०१४ विश्वकप लिजेण्ड्सले एक्साट्रेक लिजेण्ड कपकाे उपाधि

तिलाेत्तमा —पारस खड्का नेतृत्वकाे सन् २०१४ विश्वकप लिजेण्ड्सले एक्साट्रेक लिजेण्ड कपकाे उपाधि जितेकाे छ । रुपन्देहीको तिलाेत्तमा-१७, पूर्व दरखसवामा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा खड्का नेतृत्वको टिमले अर्का पूर्व राष्ट्रिय कप्तान बिनाेद दास नेतृत्वको रेष्ट अफ नेपाललाई १७ रनले पराजित गरेकाे हाे ।साेमबार अपरान्ह भएकाे फाइनलमा खड्काकाे टिमले पहिले व्याटिङ गरेर १ सय १ रनकाे लक्ष्य दिएकाे थियाे । विश्व कप लेजेण्ड्सका लागि पारस खडकाले १२ बलमा ३९ रन जाेडेका थिए । उक्त टिमका लागि बीरेन्द्र शाहले २९ र प्रफुल्ल बैद्दले १३ रन जाेडे । रेष्ट अफ नेपालका लाक्पा लामाले ४, राजकुमार प्रधान र दीपेन्द्र चाैधरीले १/१ विकेट लिए ।

जफावी व्याटिङ गरेकाे रेष्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्याे । रेष्ट अफ नेपालका लागि लाक्पा लामा २०, युमिल श्रेष्ठ १८ र सीता रानामगरले १२ रन जाेडेका थिए । रेष्ट अफ नेपाललाई अलअाउट गर्न सामसुङ जंग थापाले ४ विकेट लिए । शक्ति गाैचन र बद्री पङ्गेनीले २/२ विकेट लिए । विश्व कप लेजेण्डसका सामसुङ जंग थापा पेलेयर अफ द म्याच घाेषित भए ।

प्रतिक्रिया