Pura Samachar

टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्दै

प्रकाशित: March 13, 2024
पूरा समाचार

टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्दै

काठमाडौं : हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्दै छन्। खेल  नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुने छ।

सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

सिरिजको पहिलो खेल भने वर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए। आजै तेस्रो स्थानका लागि हङकङले हङकङ ए सँग खेल्दै छ।

प्रतिक्रिया