Pura Samachar

सुन मूल्य घटयाे

प्रकाशित: March 15, 2024
पूरा समाचार

सुन मूल्य घटयाे

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुन मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर एक लाख २५ हजार ४०० कायम भएको छ। बिहीबार एक लाख २५ हजार ८०० थियो।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँ घटेर एक लाख २४ हजार ८०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार २०० थियो।

यसैबीच, बिहीबारको तुलनामा चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला एक हजार ५१५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया