Pura Samachar

सुनको भाउ स्थिर

प्रकाशित: March 20, 2024
पूरा समाचार

सुनको भाउ स्थिर

काठमाडौं । बुधवार सुनको भाउ स्थिर छ । साताको चौथो कारोबार दिन छापावाला सुनको भाउ १ लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात् मंगलबार पनि सोही मूल्य निर्धारण भनई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख २४ हजार ६०० रुपैयाँ तोकिएको छ ।यस्तै, उक्त दिन चाँदीको मूल्यमा भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । योसँगै आजका लागि १ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार १ हजार ५२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया