
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३.३४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ । आज कारोबार भइरहँदा नेप्से अधिकतम २०८४ अंकसम्म पुगेको थियो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन माइक्रोफाइनान्स समूह २.५ प्रतिशत बढ्यो भने ब्यापार समूह ०.०८ प्रतिशत बढ्यो ।
प्रतिक्रिया