Pura Samachar

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको सभामुख देवराज घिमिरेलाई जानकारी

प्रकाशित: March 20, 2024
पूरा समाचार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको सभामुख देवराज घिमिरेलाई जानकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

बुधबार पत्र लेखेर बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणमा चौधरीमाथि छानबिन भइरहेको सीआईबीले जनाएको छ ।

‘च्याम्पियन फुटवेयर लि.को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि.का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’ पत्रमा भनिएको छ ।

बाँसबारी छाला जुत्ता कारखाना लि.को नाममा दर्ता कायम रहेको काठमाडाैं महानगरपालिका-३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट फुटवेयरको स्वामित्वमा लगेको सीआईबीइले पत्रमा उल्लेख गरेको छ ।

यसअघि माघ १८ गते सीआईबीले सोही प्रकरणमा सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया