Pura Samachar

इन्डियन प्रिमियर लिग (आईपीएल):आज दुई खेल हुदै पहिलो खेल गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच खेलिने

प्रकाशित: March 31, 2024
पूरा समाचार

इन्डियन प्रिमियर लिग (आईपीएल):आज दुई खेल हुदै  पहिलो खेल गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच खेलिने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा आइतबार दुई खेल हुनेछ । पहिलो खेल गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबिच खेलिने छ । उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ । गुजरात र हैदराबादबिचको खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । यो गुजरातको घरेलु मैदान हो ।

प्रतिक्रिया