Pura Samachar

नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दै

प्रकाशित: April 3, 2024
पूरा समाचार

नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दै

काठमाडौं : नेपाली ‘ए’ क्रिकेट टिमले बुधबार ट्वान्टी-२० र एकदिवसीय शृंखलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ।

यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी-२० शृंखला आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा छ ।

शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

नेपाल ‘ए’ सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्स पराजित भएको थियो।

प्रतिक्रिया