Pura Samachar

आर्सनल शीर्ष स्थानमै,वेस्टह्याम ,एभर्टन ,म्यानचेस्टर सिटी काे जित

प्रकाशित: April 7, 2024
पूरा समाचार

आर्सनल शीर्ष स्थानमै,वेस्टह्याम ,एभर्टन ,म्यानचेस्टर सिटी काे जित

आर्सनलले ३१ खेलबाट ७१ अंक बनाउँदा लिभरपुलको ३० खेलबाट ७० अंक छ।

आर्सनलाई जिताउन बकायो साका, केइ हार्भाटेज र लियोनार्दो ट्रोसान्डले एक एक गोल गरेका थिए। ३३ औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनलाई अग्रता दिलाए। ६२ औं मिनेटमा हार्भाटेजले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनाएको थियो। ८६ औं मिनेटमा ट्रोसान्डले गोल गरेपछि आर्सनल ३–० को सहज जित निकाल्न सफल भयो।

 

प्रिमियर लिगकै अर्को खेलमा वेस्टह्यामले वुल्भ्सलाई २–१ गोलको पुनरागमन जित निकालेको छ। १ गोलले पछि परेको वेस्टह्यामले अन्ततः २–१ को जित निकाल्न सफल भयो।

पाब्लो सर्वियाको पेनाल्टीबाट वुल्भ्सले अग्रता ३३ औं मिनेटमा लिएको थियो। ७३ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमा गोल गर्दै वेस्टह्यामलाई बराबरीमा ल्याएका थिए। ८४ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै वेस्टह्यामलाई २–१ ले जिताए।

वेस्टह्याम ४८ अंकका साथ सातौं स्थानमा रहँदा वुल्भ्स ४२ अंकका साथ ११ औं स्थानमा छ। यस्तै, लुटनले बर्नमाउथमाथि २–१ गोलको जित दर्ता गर्दा न्युक्यासलले फुलह्यामलाई १–० ले स्तब्ध बनायो।

एभर्टनले बर्नलेलाई १–० गोल अन्तरले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले तीन–तीन गोलको बराबरी खेले। यस्तै, म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसमाथि ४–२ को पुनरागमन जित निकालेको छ।

प्रतिक्रिया