Pura Samachar

सेयर बजारमा गिरावट

प्रकाशित: April 10, 2024
पूरा समाचार

सेयर बजारमा गिरावट

काठमाडौं । दुई दिन लगातर बढेको सेयर बजारमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार १३.७३ अंकले घटेको हो ।

यसअघि आइतबार र मंगलबार बजार बढेको थियो । तर, बुधवार भने घटेको हो । उक्त दिन बजार परिसूचक २०२२ दशमलव २८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज उत्पादन तथा प्रशोधन ९.३३ अंक र व्यापार समूह ४०.१७ अंकले बढेको छ । यी बाहेकका सबै समूहहरु राताम्य बनेका छन् ।

बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ४ अर्ब बढीको कारोबार भएको थियो । तर, बुधवार भने ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार रुपैयाँ बराबरको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ। आज कम्पनीको १२ करोड ५४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गोर्खाज फाइनाइनान्सको ११ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको सेयर किनेबच भएको छ।

प्रतिक्रिया