
काठमाडौं । वेस्ट इन्डिजले नेपाल भ्रमणमा आउने ‘ए’ टिमको घोषणा गरेको छ। वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यही २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ‘ए’ टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
वेस्ट इन्डिजले अनुभवी रोस्टन चेसलाई ‘ए’ टिमको कप्तान बनाएको छ । वेस्ट इन्डिज ‘ए’ ले नेपालमा पाँच टी( २० सिरिज खेल्ने कार्यक्रम रहेको छ। विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्त्वपूर्ण तयारी सिरिजको रूपमा हेरिएको छ। यो कुनै पनि वेस्ट इन्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलो पटक भएकाले यसलाई ऐतिहासिक अवसरको रूपमा समेत हेरिएको छ ।
वेस्ट इन्डिज ‘ए’ टिम( रोस्टन चेस ९कप्तान०, एलिक एथानाजे ९उपकप्तान०, फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श ।
सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इन्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल दिउँसो १ बजेदेखि सुरु हुने छन्।
वेस्टण्डिजको टिममा आईपिएल देखि संसारका अन्य चर्चित लिग खेलिसकेका खेलाडीदेखि बिश्वकप समेत खेलेका खेलाडी समावेश छन् । वेस्टण्डिजको टिमले नेपालमा हुने पाचँ सिरिज क्लिन स्विप गर्ने योजना बनाएको छ । नेपालका खेलाडीहरु भने कमब्याक गर्ने तयारीमा छन् ।
वेस्टण्डिजका कोचले पनि नेपाललाई कमजोर आक्न नहुने बताईसकेकाले नेपाललाई वेस्टण्डिजले बलियो टिमका रुपमा लिएको छ ।
प्रतिक्रिया