Pura Samachar

बेंगलुरुकाे इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित

प्रकाशित: April 28, 2024
पूरा समाचार

बेंगलुरुकाे इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित

काठमाडौँ। विल ज्याक्सको आक्रामक शतकसँगै रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा बेंगलुरुले गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो। जितसँगै पुछारमा रहेको बेंगलुरुले १० खेलबाट ६ अंक जोडेको छ। पराजित गुजरात समान खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा छ।गुरातले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १६ ओभरमा १ विकेट गुमाउँदै २०६ रन बनायो।

बेंगलुरुका ज्याक्सले अविजित रहँदै ४१ बलमा ५ चौका र १० छक्कासहित १०० रन बनाए। ओपनर तथा कप्तान फाफ डुप्लेसी २४ रनमा आउट हुँदा विराट कोहली ७० रनमा अविजित रहे।

कोहली र ज्याक्सले ७४ बलमा १६६ रनको विशाल साझेदारी गरेका थिए। गुजरातका साई किशोरले १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनाएको थियो।

गुजरातका साई सुदर्शनले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए। ४९ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे।

शाहरुख खान ५८ र कप्तान शुभमन गिल १६ रनमा आउट हुँदा डेभिड मिलर २६ रनमा अविजित रहे। बेंगलुरुका स्वप्रिल सिंह, मोहम्मद सिराज र ग्लेन मक्सवेलले १/१ विकेट लिए।

प्रतिक्रिया