काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ ।
पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार सरकार चौतर्फी रूपमा असफल भएकोले विरोध गर्न लागिएको हो ।
उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका पक्षमा पनि प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन् ।
“सरकार चौतर्फी रूपमा असफल भइसक्यो। यसको विरोधमा जनप्रदर्शन गर्न लागेका हौं,” उनले भने । उनले ११:३० देखि भृकुटीमण्डपमा प्रदर्शनका कार्यक्रम हुने बताए।













प्रतिक्रिया