
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पार्टीले शनिबार सार्बजनिक गरेको संसद विघटनविरुद्धका आन्दोलनका कार्यक्रमलाई अनुमोदन गरेको छ । प्रचण्ड-नेपाल पक्षले पुस २० गतेदेखि माघ २३ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।
त्यस्तै बैठकले पार्टी एकीकरणका काम पुरा गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । कार्यदलले जिल्ला नेतृत्वको बारेमा समेत गृहकार्य गर्ने बताइएको छ ।
त्यस्तै स्थायीकमिटीको अर्को बैठक सोमबार १ बजे फेरी बस्ने भएको छ ।
प्रतिक्रिया