Pura Samachar

सुनको भाउ स्थिर

प्रकाशित: June 25, 2024
पूरा समाचार

सुनको भाउ स्थिर

काठमाडौँ / आज (मङ्गलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ अघिल्लो दिनकै मूल्यमा कारोबार हुने भएको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजावी सुन १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम रहेको छ ।

सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ८ सय १५ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया