
डा हरिमोहन पोखरेल
कोहिमा /पूर्वोत्तर भारतका विभिन्न राज्यहरूमा निरन्तर रूपमा पानी परेको र खेतीको काम सुरु भएको समाचार छ ।
मौसम विभागले दिएको जानकारी अनुसार आगामी साता सम्म निरन्तर रूपमा पानी पर्नेछ ।

विभागले अगाडि जनाए अनुसार कुनै राज्यमा भने आधी -तुफान आउनको साथै पानीको प्रकोप बढने कुरा गरेको छ ।
मणिपूर असम तथा नागाल्याण्डका विभिन्न स्थानहरुबाट प्राप्त समाचार अनुसार राज्यमा पानी पर्नुको साथै खेती सुरु भएको छ ।
समयमा खेतीको काम सुरु भएकोले खेतीयोग्य भुमिमा धान लगाउने काम पनि जारी रहेको कुरा खेतीवालाहरुले बताएका छन भने बजार व्यवसाय भने निकै प्रभाव परेको कुरा व्यापारीहरुले बताएका छन ।
अर्कोतिर नेसनल हाइवे २९ को इम्फाल -जुब्जा एरियामा धेरै स्थानमा रस्ता खराब भएकोले गर्दा आउन -जानमा निकै व्यवधान आउने भएको कुरा पनि देख्न र सुन्नमा आएको छ ।सरकारले चाडो मर्मत नगरे ठुलो हादसा हुने सम्भावना देखिन्छ ।
स्मरण रहोस हरेक साल सरकारले बर्खाको समयमा सडक मर्मतको लागि धनराशि उपलब्ध गराउने गर्छ तर त्यो खर्च कहाँ हुन्छ भन्ने कुरा प्रश्नचिन्ह भएको छ ।
प्रतिक्रिया