
काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ सामान्य बढेको छ । उक्त दिन सुन प्रतितोला १०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य ५ रुपैंयाले बढेर १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया