Pura Samachar

एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने

प्रकाशित: July 28, 2024
पूरा समाचार

एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने

काठमाडौं : एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज लागि आयोजक श्रीलंका र भारत भिड्ने भएका छन्।

दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो।  भारत र श्रीलंकाको फाइनल भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।  भारत भने सात पटकको च्याम्पियन हो। उ आठौं उपाधिको योजनामा छ। श्रीलंका भने पाँच पटक फाइनलमा पुगे पनि एउटा उपाधि जित्न सकेको छैन्।

भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको हो। पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।

दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन्।

आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ। भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ।

प्रतिक्रिया