
काठमाडौं । देशका कतिपय स्थानमा एक/दुई दिनयता सुक्खाजस्तो देखिएको छ । यो अवधिमा ठूलो क्षेत्रमा एकैपटक वर्षा नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको शुक्रबारयता ठूलो क्षेत्रमा वर्षा भएको छैन । भारी वर्षा पनि खासै भएको छैन । अब वर्षाको गतिविधि फेरि बढ्न लागेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
“केही दिनयता सुक्खाजस्तो भएको छ । वर्षा नै नभएको होइन, मध्यमदेखि भारीसम्म पनि वर्षा भएको छ,” उनले भने, “भोलि आजसाँझबाट भने वर्षाको गतिविधि बढ्नेछ । बदली (आकाशमा बादल) बढ्नेछ ।”
देशका धेरै स्थानमा आजसाँझदेखि वर्षामा वृद्धि हुने सम्भावना छ । आउँदो मंगलबार रातिसम्मै वर्षाको क्रम बढ्ने देखिएको उनले बताए ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया