Pura Samachar

गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

प्रकाशित: August 6, 2024
पूरा समाचार

गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

गुल्मी  : गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ।

जिल्लाको मुसिकोट नगरपालिका- १ बिसौनाका विष्णु विक र हुकुम विकको घरमाथिबाट लेदोसहितको पहिरोले घर पुरिँदा अन्दाजी ४६ वर्षीय गोरे विक,६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक र साढे दुइ वर्षकी रियन्सी विकको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए।

पहिरोले पुरिँदा दुईजना  घाइते भएका छन्। घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र उनकी श्रीमती वर्ष २३ की मुना  विक रहेका छन्। उनीहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको केसीले बताए।   घटनाको बारेमा बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया