Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: August 7, 2024
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

छापावाल सुन बुधबार प्रतितोला १ लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । दुई दिनअघि सुन तोलाको डेढ लाखसम्म पुगेको थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया