
काठमाडौं। कारोबार संकुचित भए पनि बजार भने जसरी घटेको थियो त्यसैगरी बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार १४५.०५ अंकले घटेर २६५१.९४ बिन्दुमा सीमित भएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ।
मंगलबारको तुलनामा कारोबार रकम गिरावट आएको छ। बुधबार नेप्सेमा कुल १७ अर्ब ६९ करोडको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन मंगलबार भने कुल २३ अर्ब ५० करोडको कारोबार हुँदै सेयर कारोबारमा नयाँ रेकर्ड बनेको थियो।
बुधबार कारोबारमा आएकामध्ये १३९ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार भने कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको थियो। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर थियो।
प्रतिक्रिया