Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: August 9, 2024
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो

शुक्रबार छापवाला सुन प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ९ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया