Pura Samachar

स्पेनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जित्यो

प्रकाशित: August 10, 2024
पूरा समाचार

स्पेनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जित्यो

काठमाडौं। आयोजक फ्रान्सलाई पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ।

पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा स्पेनसँग फ्रान्स ३–५ ले पराजित भएको हो। स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो समान दुई तथा एलेक्सन बेनाले एक गोल गरे। फ्रान्सका एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन –फिलिप माटेटाले गोल फर्काए।

एन्जो मिलोटले ११औं मिनेटमै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता सातौं मिनेटसम्म पनि कायम रहन सकेन। एलेक्स बेनाले उपलब्ध गराइदिएको पासमा फर्मिन लोपेजले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। त्यसपछि भने स्पेनले आफ्नो आक्रामक रूप प्रस्तुत गर्दै लगातार दुई गोल थप्यो। २५औं मिनेटमा लापेजले टोली र व्यक्तिगतका लागि व्यक्तिगत दोस्रो गोल गरे। त्यसको तीन मिनेटमै बेनाले अग्रता १–३ मा पुर्‍याए।

माइकल ओलिसले दिएको पासमा अक्लिउचेलले ७९औं मिनेटमा गोल गर्दै खेल २–३ को स्थितिमा ल्याए। इन्ज्युरी समयका माटेटाले पेनाल्टीमार्फत गोल गर्दा खेल ३–३ को बराबरीमा पुगेको थियो।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप गरियो। यो अतिरिक्त समय फ्रान्सको लागि उति उपयोगी बनेर। १०० र अतिरिक्त समयको पहिलो इन्ज्युरी समयमा क्यामेलोले गोल गर्दै स्पेनलाई ३–५ को जित दिलाए। क्यामेलोले पहिलो गोल एड्रियन बर्नाबे र दोस्रो अर्नाउ टेनासको पासमा गरेका थिए।

प्रतिक्रिया