Pura Samachar

यूईएफए सुपर  कपको उपाधि रियल म्याड्रिडलाइ

प्रकाशित: August 15, 2024
पूरा समाचार

यूईएफए सुपर  कपको उपाधि रियल म्याड्रिडलाइ

काठमाडौं : यूईएफए सुपर  कपको उपाधि रियल म्याड्रिडले जितेको छ। यो उसको छैंठाैं उपाधि हो।  गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हरायो।

 

फ्रान्सेली सुपर स्टारले केयलिन एम्बापेले डेब्युसँगै रियलको सुखद सुरुवात हो।  पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी यसै सिजन रियल आएका हुन् र डेब्युमै गोल गर्न पनि सफल रहे।

युरोपेली च्याम्पियनका लागि फेड भाल्भेरडेले ५९ औं मिनेटमा पहिलो गोल गरेपछि एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपे। खेलपछि एमबापले आफ्नो सपना पूरा भएकोमा खुसी रहेको प्रतिक्रिया दिए।

प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीले रियलका लागि १४ औं उपाधि पनि जितेका छन्।

प्रतिक्रिया