Pura Samachar

सुनको भाउ घटयाे

प्रकाशित: August 16, 2024
पूरा समाचार

सुनको भाउ घटयाे

काठमाडौं । साताको अन्तीम कारोबार दिन सुनको भाउ घटेको छ ।

नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ५० हजार ५०० बाट घटेर १ लाख ४९ हजार ६०० कायम भई खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँ बढेर १ हजार ७६० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन भने १ हजार ७४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया