Pura Samachar

अर्थ मन्त्रालय मातहतका ८ जना सहसचिवहरूको सरूवा

प्रकाशित: August 16, 2024
पूरा समाचार

अर्थ मन्त्रालय मातहतका ८ जना सहसचिवहरूको सरूवा

सरकारले अर्थ मन्त्रालय मातहतका सहसचिवको सरूवा गरेको छ।

बिहीबारको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालय मातहतका ८ जना सहसचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो।

अर्थ मन्त्रालयबाट बाहिरिनेमा आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला रहेका छन्।

यी दुवै सहसचिवलाई वर्षमान पुन अर्थमन्त्री भएपछि अर्थ मन्त्रालय सरूवा गरी दुई विभागको जिम्मेवारी दिइएको थियो।

तिवारीलाई कर्णाली प्रदेश प्रमुख कार्यालय र निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरूवा गरिएको हो।

प्रतिक्रिया