Pura Samachar

काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

प्रकाशित: August 26, 2024
पूरा समाचार

काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

काठमाडौं : काठमाडौंको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या भएको छ। पुल हाउस सञ्चालकको गएराती(आइतबार राती) हत्या भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

प्रवक्ता अधिकारीका अनुसार घटनास्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ। उनले भने, ‘हत्या भएको हो। घटनास्थलमा प्रहरी पुगिसकेको छ । अनुसन्धान भैरहेको छ।’

थप विवरण खुल्न बाँकी नै रहेको प्रहरीले जनाएको छ। उनले मृतकको नाम र पुल हाउसको नाम बताउन चाहेनन्।

प्रतिक्रिया