
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर सरकारले हिजो केबिनेटको बैठक गर्नुको साथै विभिन्न प्रकारको निर्णय लिएको समाचार छ ।

प्राप्त समाचार अनुसार यस केबिनेटको बैठकमा राज्यको आन्तरिक सुरक्षा साथै विकासको लागि अडचन बनेका परियोजनाहरुको पुनः सञ्चालन आदि गरिने भएको छ ।
बैठक पछी मुख्यमन्त्री एन विरेनले भने कि राज्यको आर्थिक स्थितिमा सुधार ल्याउनको लागी हामीले धेरै प्रकाका परियोजनाको सञ्चालन गरेका थियौ ।उनीहरूको पुनः संचालन गरेर सुधारमा ल्याउन सकिन्छ ।
उनले अगाडि थपे कि सरकारले राज्यको आन्तरिक सुरक्षामा निकै ठोस कदम चाल्नुपर्ने समय आएको छ ।
उनले अगाडि थपे कि हामीले सीमाका राज्यहरु संग पनि सीमाको विवाद सल्टाउनको लागि निरन्तर प्रयास गरिरहनुपर्ने भएको छ ।
उनले अगाडि भने कि राज्यमा शान्ति र स्थिरता ल्याउनको लागि निरन्तर प्रयास गर्नुपर्ने र सिङ्गो मणिपूरको विकासमा पहल गर्नुपर्ने छ ।
स्मरण रहोस राज्य सरकारले महिनामा एक पटक केबिनेटको बैठक गर्ने गर्छ ।जसले राज्यको विकासमा पहल गर्नमा मद्दत पुर्याउने गर्छ।
प्रतिक्रिया