Pura Samachar

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलिय विजयी

प्रकाशित: September 7, 2024
पूरा समाचार

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलिय विजयी

काठमाडाैं, भदाै २२ : विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलिय विजयी भएको छ। शनिबार बिहान घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका विंगर रोड्रिगोको निर्णायक गोल मद्दतमा ब्राजिलले इक्वेडरमाथि १–०को जित निकाल्यो।

रोड्रिगोले ३०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले लुकास पक्वेटाको पासमा गोल गरेका थिए। खेलमा इक्वेडरमाथि दबाब बनाएपनि ब्राजिलले थप गोल गर्न भने सकेन।

यही खेल मार्फत युवा स्टार १७ वर्षीय स्टेभाओ विलियमले राष्ट्रिय टिममा डेब्यू गरे। उत्कृष्ट लयमा रहेका उनी यसै सिजन इंग्लिस क्लब चेल्सीमा आबद्ध भएका छन्।

यो जितसागै ब्राजिल ७ खेलमा १० अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ भने इक्वेडर ८ अंकसहित छैठौं स्थानमा छ। १८ अंकसहित अर्जेन्टिना शीर्ष स्थानमा छ।

प्रतिक्रिया