Pura Samachar

सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: September 9, 2024
पूरा समाचार

सुनचाँदीको मूल्य बढयाे

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया