Pura Samachar

नेपालकाे एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित

प्रकाशित: September 24, 2024
पूरा समाचार

नेपालकाे एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित

काठमाडौं। समीर तामाङको ह्याट्रिकसँगै नेपालले एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित हासिल गरेको छ।

सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको हो। पहिलो खेलमा भने कम्बोडियासँग नेपालले ४-१ को हार बेहोरेको थियो।

खेलको ३२औं मिनेटमै समीरले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि समीरले नै अग्रता दोब्बर बनाए।

तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा चाइनिज ताइपेइले गोल गर्दै खेल २-१ को स्थितिमा ल्यायो। ८४ मिनेटमा समीरले नै ह्याट्रिक गरेपछि घरेलु टोलीलाई नेपाल स्तब्ध पार्न सफल भएको हो।

प्रतिक्रिया