Pura Samachar

नेपाल क्यानडा र ओमान त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र क्यानडाबीच खेल हुदै

प्रकाशित: September 28, 2024
पूरा समाचार

नेपाल क्यानडा र ओमान त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र क्यानडाबीच  खेल हुदै

असोज ११, काठमाडौँ ।  नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी-२० सिरिज भोली देखि खेल्न लागेका हुन् ।

 

शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ ।  त्यस्तै आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यी खेलहरु नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुने छन् ।

प्रतिक्रिया