
बकैया । पूर्वी मकवानपुरको बकैया-४ छतिवनमा बस दुर्घटना भएको छ ।
आज बिहान भएको दुर्घटना बसमा ३० जना यात्रु रहेको प्रहरी चौकी हात्तीसुँडेले जनाएको छ । बसमा रहेका यात्रु मध्य २ दर्जन यात्रु घाईते भएकामा ७ जना गम्भिर घाईते भएकालाई थप उपचारको लागि हेटौंडा पठाईएको प्रहरी चौकी हात्तीसुँडेका सहि दमन तामाङले जानकारी दिए । अन्य घाईतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र गरगरेमा भईरहेको प्रहरीले जनाएको छ ।
घियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस छतिवनमा दुर्घटना भएको थियो । दुर्घटनाको विषयामा थप अनुसन्धान भईरहेको प्रहरी चौकी हात्तीसुँडेले जनाएको छ ।



प्रतिक्रिया