Pura Samachar

दुर्घटनामा एकको मृत्यु, चार घाइते

प्रकाशित: February 24, 2021

दुर्घटनामा एकको मृत्यु, चार घाइते

कावासोती, १२ फागुन (रासस) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्युु भएको छ । दुर्घटनामा परी चार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको दाउन्नेमा आज दिउँसो बस आफैँ अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा बसका चालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा ना६ख ५०३५ को बस आफँै अनियन्त्रित भएर पल्टिँदा बसका चालक दाङ घोराही उपमहानगरपालिका–१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको मृत्यु भएको हो । बस सडक छेउमा खस्दा चालक अचानक खस्दा मृत्यु भएको हो । चालक सडकदेखि २०० मिटर तल खस्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । बसमा सवार यात्रु भने सबै सकुशल रहेको उहाँले बताउनुभयो । यस्तै बौदिकाली गाउँपालिका–६, कोटरथमा लु१ज ३३२९ नम्बरको जिप पल्टिँदा तीन घाइते भएका छन् । घाइते हुनेमा बौदिकाली गाउँपालिका–४ बस्ने ३१ वर्षीय मोहनसिंह थापा, २२ वर्षीय यमबहादुर गाहा, ३७ वर्षीय पीताम्बर गाहा, २५ वर्षीय कुलबहादुर गाहा घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

प्रतिक्रिया