Pura Samachar

आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

प्रकाशित: April 7, 2021

आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

झिमरुक, २५ चैत (रासस)ः प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो । घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया