Pura Samachar

गृहमन्त्री थापा सांसदबाट मुक्त

प्रकाशित: April 18, 2021

गृहमन्त्री थापा सांसदबाट मुक्त

काठमाडौँ, ५ वैशाख (रासस) ः गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गर्नुभएको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया