Pura Samachar

राष्ट्रिय मुद्दामा दलहरू मिलेर जानु पर्छ

प्रकाशित: April 19, 2021

राष्ट्रिय मुद्दामा दलहरू मिलेर जानु पर्छ

– डा.डीआर उपाध्याय

काठमाडौं– अहिले मुलुकको राजनीति अवस्था जटिल छ ।

दलहरु एक–आपसमा मिल्न सकेका छैनन् ।

नेपाली जनताको चाहना भनेको दलहरु मिलेर देशको विकास गरे हुन्थ्यो भन्ने हो ।

दृष्टिकोण

तर दलहरु मिलेर जाने कुरामा त्यति ध्यान दिन सकेका छैनन् ।

दल र तिनका नेताहरुमा व्यक्तिगत स्वार्थ छ ।

उनीहरुले व्यक्तिगत स्वार्थलाई त्याग्नु पर्छ, अनि मात्र देशको भाग्य र भविश्य निर्माण हुन सक्छ ।

अहिले राजनीतिक दलहरु जुन किसिमले ध्रविविकरण भएका छन्, त्यसले मुलुकलाई अघि बढाउन सक्दैन ।

देश विकासका लागि दलहरु साझा एजेन्डा लिएर अघि बढ्दा मात्र राम्रो हुन्छ ।

राष्ट्रिय हितका लागि सबै मिलेर जानु पर्छ ।

राष्ट्रियता बचाउने सवालमा कुनै पनि किसिमका सम्झौता हुनु हुँदैन ।

नेताहरु व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा लाग्नु पर्छ ।

नेताहरु स्वार्थी भए ।

जसले गर्दा देशको भविष्य पछाडि धकेलियो ।

देश बनाउन ढृढ इच्छाशक्ति चाहिन्छ ।

नेताहरुमा ढृढ इच्छा शक्ति भएको देखिएन ।

मुलुकको भाग्य र भविश्य निर्माणका लागि सबै पक्ष एक हुनु पर्ने आवश्यकता देखिएको छ ।

धेरै पहिलेदेखि सत्तारुढ दल नेकपा एमालेभित्र आन्तरिक खिचलो देखिएको छ ।

समान्तरण पार्टी कमिटी तल्लो तहसम्म गठन भएका छन् ।

यसले नेकपा एमालेलाई अन्ततः कमजोर बनाएको छ ।

राष्ट्रिय हितको पक्षमा काम गर्नु पर्ने बेलामा नेताहरु फुट्नु भनेको जनमतको अपमान हो ।

नेपाली जनता यी दलहरुको विश्वास र भरोसामा छन् ।

तर दलहरुले जनतालाई विश्वासघात गर्दै आएका छन् ।

चुनावमा बोलेका वाचाहरु अझैसम्म कुनै दल र तिनका नेताहरुले पुरा गरेका छैनन् ।

यस्तो भएपछि जनतामा निराशा आउँदैन रु

यद्यपि, पछिल्लो समय राजनीतिक दलबीच देखिएको खिचातानीले गम्भिर प्रश्न उठाएको छ ।

यदि राष्ट्रिय स्वार्थको विषय छ भने त्यसमा धक्का लाग्नु हुद्मदैन ।

लामो समयसम्म वहसको बिषय बनेको एमसीसीमा सम्झौता गर्ने/नगर्ने विषयले अझै पनि चर्चा पाएको छ ।

एमसीसीमा सम्झौता गर्नु हुँदैन भन्ने पक्ष पनि धेरै नै छन् ।

यो सम्झौता राष्ट्रिय हित विपरित छ भन्नेहरु पनि छन् ।

यो विषयले विगतमा लामै वहस सिर्जना गर्यो ।

अहिले पनि सबै एकमत भएको देखिँदैन ।

यो विषय संसदमा लामै समयदेखि विचाराधीन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयबारे छलफल गर्न शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

संसदमा प्रतिनिधित्व गरेका दलहरू उक्त सर्वदलीय बैठकमा सहभागी भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि विचाराधीन एमसीसी सम्झौतालाई पास गर्न सकारात्मक भूमिका निर्वाह गर्न दलहरुलाई आह्वान गरेको कुरा बाहिर आएको छ ।

केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा राजनीतिक जटिलता गहिरिँदै जाँदा सबै राजनीतिक दलहरुलाई सर्वदलीय बैठक डाकेर सहमतीय प्रणालीमा आउन जोड दिनु भएको थियो ।

उक्त बैठकले राजनीतिक दलबीचको तिक्तताको वातावरण सहज हुने अपेक्षा गरिएको थियो, तर महिना दिन बित्दा पनि त्यसो हुन सकेको छैन ।

मुलुकको अभिभावकका हिसाबले सबैलाई सहमतिमा ल्याएर राष्ट्रिय एजेन्डामा एक भई अघि बढ्नु भनेर पहल गर्नु पक्कै सकारात्मक कदम हो ।

राष्ट्रिय मुद्दामा दलहरू मिलेर जानु पर्छ ।

त्यसमा नागरिकको पनि साथ हुन्छ ।

मुलुकमा राजनीतिक अस्थिरता निम्तिने गतिविधि हुनु हुँदैन ।

त्यसले मुलुकलाई पछाडि धकेल्छ ।

मुलुकको समग्र विकासमा सबै एकजुट भएर जानु पर्छ भन्ने मेरो मान्यता हो ।

तर,अहिले त्यसो हुन सकिरहेको छैन ।

दलबीचको स्वार्थ, अहं र महत्त्वाकांक्षाले विकासको गतिलाई पछाडि धकेलिरहेको देखिन्छ ।

प्रमुख दलका नेता मुलुकको विकासमा एकमत हुन नसक्नु दुखद कुरा हो ।

बैशाख ६

प्रतिक्रिया