Pura Samachar

रेमिट्यान्सले देश बन्दैन, गुजारा चल्ने मात्र हो

प्रकाशित: April 25, 2021

रेमिट्यान्सले देश बन्दैन, गुजारा चल्ने मात्र हो

–डा.डीआर उपाध्याय

काठमाडौं– अब देशको बारेमा हामीले नसोचे कसले सोच्ने ?

त्यसैले सबैले सोचौं र देश बनाऔं ।

जब नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त हुन्छन्, तब देश बिग्रियो भनेर जाने हुन्छ ।

अहिले भएको त्यही हो ।

अरु केही होइन ।

हामी सबै नेपाली जनता मिलेर अगाडि बढौं ।

देश बनाउन सबै एकजुट हुनु पर्छ, अनि मात्र हामीले सोचेको देश बनाउन सकिन्छ ।

त्यसैले हामी सबै जुटौं, फुटेर अघि बढ्न सकिंदैन ।

अघि बढ्ने भनेको जुटेर हो ।

हामीमा एकता चाहिएको छ ।

नेपाली जनतामा एकता नभएर नै यो समस्या आएको हो ।

हामीमा एकता नभएसम्म देशको विकासले गति लिन सक्दैन ।

एकता नै बल हो ।

अहिले जुन किसिमले देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै गएको छ, यो हाम्रो लागि गम्भिर चुनौतिको विषय हो ।

यो बेरोजगारी समस्या सबै मिलेर हल गरौं ।

यसको समाधान खोजौं ।

अहिलेको प्रमुख आवश्श्यकता यो हो ।

अहिले देशमा बेरोजगारी समस्याले नै ठूलो रुप लिएको छ ।

हाम्रो सामु बेरोजगारी समस्या नै गम्भिर चुनौतीको रुपमा देखा परेको छ ।

अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ, यसको छिटो हल गरिनु पर्छ भन्ने मेरो भनाई छ ।

बेरोजगारी समस्या समाधान गर्नु पर्ने प्रमुख दायित्व सरकारको हो ।

सरकार त्यो दिशामा अघि बढ्नु पर्छ ।

यसमा सबैको साथ र सहयोग रहन्छ ।

सरकारको एकल प्रयासले मात्र केही हुँदैन ।

हामी यो भन्दै पनि आएका छौं ।

सरकारलाई गाली गरेर मात्र हुँदैन, साथ र सहयोग पनि गर्नु पर्छ ।

आज हाम्रो देशभित्र लाखौँ लाखको संख्यामा शिक्षित मान्छेहरु बेरोजगार छन् ।

यो समस्या गम्भिर हो ।

कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन भएका छन् ।

भए जतिका युवा जनशक्तिहरुलाई विदेश पठाएर के देशको विकास हुन्छ ?

हुन सक्दैन ।

अब यो विषयमा सोचौं ।

रेमिट्यान्स भित्राउँदैमा देश बन्दैन, गुजरा चल्ने मात्र हो ।

युवा जनशक्ति जसरी विदेश पलायन छन्, त्यो उनीहरुको रहर होइन ,त्यो त बाध्यता हो ।

धेरै युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् ।

बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्यूँ छन् ।

बेरोजगार र गरीव जनताका समस्या बढेको बण््यै छन् ।

राजनीतिक दल र तिनका नेताहरु अब इमान्दार देखिनु पर्ने बेला आएको छ ।

यसरी देश चल्दैन ।

नेताहरु सत्तामा पुगेपछि सबै कुरा बिर्सन्छन् । देशमा गरिवीको संख्या बढिरहेको छ ।

दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत श्रमजीवि बर्गलाई धौधौ छ ।

सरकारी निकाय तथा निजी क्षेत्रले स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु पर्छ ।

अब यो कुरामा कुनै ढिलाई गर्नु हुँदैन ।

मानिसलाई बाँच्नका निम्ति गास, बाँस र कपास अत्यावश्यक बस्तु हुन् ।

यी कुराको जोहो गर्न रोजगारी चाहिन्छ ।

देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ ।

रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपाय खोज्नु पर्ने जरुरी देखिएको छ ।

जुन देशमा जनशक्तिको अभाव हुन्छ, त्यो देशको उत्पादनमा कमी आउँछ ।

यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो ।

देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नु पर्छ ।

नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले धेरै फाइदा लिन सक्नु पर्दथ्यो ।

अब सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा ध्यान दिनु पर्छ ।

–बैशाख १२

प्रतिक्रिया