
राँझा, १७ जेठ (रासस) ः बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एकहप्ता लम्ब्याइएको छ ।
यही जेठ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । जिल्लामा गत वैशाख नौ गतेदेखि निषेधाज्ञा जारी छ । उहाँका अनुसार निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । कोरोनाबाट जिल्लामा दुई सय ९१ जनाको ज्यान गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले. जानकारी दिनुभयो. ।
प्रतिक्रिया