
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबाट एक अर्कालाई गरिएको कारबाहीलाई मान्यता नदिने भएको छ ।
मंगलबार दुई पक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरिएको निर्वाचन आयोगलाई दिएका थिए ।
उनीहरुले पठाएको पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएकोले बदर गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठलेले जानकारी दिए ।
उनका अनुसार दुवै पत्र राजनीतिक दल सम्बन्धी नियमावलीको अनुसूची अनुसार नआएकाले आयोगले रद्द गरेको छ ।
प्रतिक्रिया