Pura Samachar

कस्तो रहन्छ आज देशभरको मौसम ?

प्रकाशित: June 3, 2021

कस्तो रहन्छ आज देशभरको मौसम ?

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने छ ।



हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

हाल लुम्बिनी प्रदेशका थोरै भूभागका साथै देशका पहाडी भूभागमा आंशिक रहेको छ। बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

त्यसैगरी आज राति पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ २० गते  (बिहिबार)

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २१ गते  (शुक्रबार)

दिउँसो:  प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती:  पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ २२ गते  (शनिबार)

दिउँसो:  पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

राती:  पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

प्रतिक्रिया