
विगत साढे एक महिनादेखि कोरोना संक्रमण दोस्रो लहरले विश्व आक्रान्त बनाएको छ। नेपाल सरकारले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि एक महिनादेखि मुलुकभर निषेधाज्ञा जारी राखेको छ। कोरोनाको पहिलो लहरभन्दा यो दोस्रो लहरले जोखिम बढाएको छ। अहिले पनि भयावहकै स्थिति रहेको छ।
सरकारले नियन्त्रण गर्न खोजे पनि सकिरहेको छैन। अहिले संक्रमणदर केही कम भए पनि निषेधाज्ञाको सुरुवातमा अस्पतालहरुमा वेड, अक्सिजन, आईसियु, भेन्टिलेटरसमेत हाहाकारको स्थिति सिर्जना भएको थियो । कति कोरोना संक्रमितले अस्पतालमा वेड, अक्सिजन, आईसियु नपाएर अकालमै ज्यान गुमाएका छन्।
यस्तो अवस्था हुँदा कोभिडको पहिलो लहरमा सरकारलाई खुलेर सहयोग गरेको निजी क्षेत्र एक हप्ता मौन बसे पनि पछिल्लो समय खुलेर सहयोग जुटाउन थालेको छ। नेपालका पुराना व्यापारिक घराना, व्यवसायी र निजी क्षेत्रका संस्थाहरु महामारी नियन्त्रण गर्न तथा अभाव भएका स्वास्थ्य सामाग्री सरकारलाई सहयोग गर्न तथा संस्थागतरुपमा विरामीहरु राख्न आइसोलेसन सेन्टर बनाउन अग्रसर भएका छन्।
अक्सिजन सिलिन्डर तथा अक्सिजन प्लान्ट निर्माणका लागि विभिन्न देशबाट उद्योगी व्यवसायीहरु आफ्नो क्षमता अनुसार नेपाल ल्याएर सहयोग गर्न जुटिरहेका छन् ।
यसरी निजीक्षेत्रले संस्थागत तथा व्यक्तिगतरुपमा नै सरकारलाई महामारी नियन्त्रणका लागि आर्थिक तथा संस्थागतरुपमा विभिन्न क्षेत्रमा आईसोलेशन सेन्टर निर्माण, विभिन्न स्वास्थ्य उपकरण भेन्टिलेटर, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्टको स्थापना लगायतमा उद्योगी व्यवसायीहरुले महामारी नियन्त्रणमा मल्हम लगाउनका लागि जुटिरहेका छन्। कसको कति र के सहयोग ?:
बिनोद चौधरी, चौधरी ग्रुप
नेपालका एक मात्र अर्बपति बिनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले अघिल्लो वर्षको लकडाउनमा जस्तै यो कोरोनाको दोस्रो लहरमा पनि संक्रमण नियन्त्रणका लागि आर्थिक तथा भौतिक सहयोग गरिरहेको छ । चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउण्डेशनले यो महामारीमा अक्सिजन प्लान्ट निर्माणदेखि भेन्टिलेटरसम्म गरेर १० करोड रुपैयाँसम्म खर्च गर्दैछ।
धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा रहेको फाउण्डेसनले जनाएको छ। त्यस्तै, चौधरी फाउण्डेशनले नविल बैंकसँगको सहकार्यमा वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड बनाइरहेको छ। वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहनेछ । एकदिनमा ४० लिटर क्षमताका १५० सिलिण्डरमा अक्सिजन भर्न सकिने बताइएको छ।
धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा रहेको फाउण्डेसनले जनाएको छ। त्यस्तै, चौधरी फाउण्डेशनले नविल बैंकसँगको सहकार्यमा वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड बनाइरहेको छ।
त्यस्तै, कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न यो स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्याउन चौधरी फाउण्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा समेत काम गरिरहेको जनाएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।
आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसका नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउण्डेसनले एकीकृत योजना अगाडि सारेको बताउदै आएका छन्।
चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पिपिई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो। साथै विभिन्न अस्पतालहरुलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो।
शेखर गोल्छा,गोल्छा अर्गनाईजेशन
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका शेखर गोल्छाले गोल्छा अर्गनाईजेशनबाट महामारी नियन्त्रण गर्न आर्थिक सहयोग गरेका छन् । गोल्छा यस अर्गनाईजेशनका कार्यकारी निर्देशकसमेत हुन् । उनले कोरोना दोस्रो लहरले आक्रान्त बनाएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट जडान गर्न तथा अन्य आवश्यक स्वास्थ्य उपकरण किन्नका लागि १ करोड रुपैयाँ सहयोग गरिसकेका छन् ।
सिंगापुरको टेमासेक फाउण्डेशनबाट अनुदानमा प्राप्त १० हजार पीसीआर फर्टिच्युड किट प्लेन चार्टर्ड गरेर ल्याएर सरकारलाई दिएको छ । त्यस्तै, गोल्छा अर्गनाईजेशनले आफ्ना विभिन्न कम्पनीमार्फत विभिन्न स्थानमा छुट्टाछुट्टै सहयोग पनि गरिरहेको जनाएको छ।
विजयकुमार शाह, जावलाखेल ग्रुप अफ इन्डन्ट्रिज
जावलाखेल ग्रुप अफ इन्डन्ट्रिजका अध्यक्ष विजयकुमार शाहले कोरोना महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा जारी भएपछि काभ्रेको धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । उनी गत आर्थिक वर्षमा सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने करदातासमेत हुन्।
शाहले १ करोड ३५ लाख रुपैयाँ धुलिखेल अस्पताललाई अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डर खरिदका लागि सहयोग गरेको बताएका छन्।
दीपक मल्होत्रा, आइएमएस ग्रुप
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले पनि यो महामारीका समयमा सरकारलाई सहयोग गरेका छन् । उनले आइएमएस गु्रपमार्फत अक्सिजन सिलिण्डरको अभाव भएपछि चीनबाट सिलिण्डर ल्याएर २ हजार २५० थान सिलिण्डर सरकारलाई सहयोग गरेका छन् ।
त्यस्तै, डी.एम. फाउण्डेशनमार्फत सामाजिक काम गर्दै आएका मल्होत्राले चीनबाट अर्डर गरेर ल्याएका अक्सिजन सिलिण्डर केही अस्पताललाई निःशुल्क वितरण गरेका छन्। यसरी उनले यो महामारीमा आइएमई फाउण्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको बताएका छन्।
चन्द्रप्रसाद ढकाल,आइएमई ग्रुप
आइएमई फाउण्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई फाउण्डेसनमार्फत् कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई सहयोग गरेको छ।
फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन्। फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, सेती प्रादेशिक अस्पताल, धनगढी र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको छ।
प्रतिक्रिया