Pura Samachar

कोरोनाले जिल्ला न्यायाधीश पौडेलको निधन

प्रकाशित: June 4, 2021
पूरा समाचार

कोरोनाले जिल्ला न्यायाधीश पौडेलको निधन

धादिङ — धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।  उनको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको हो ।

विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए ।

पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए ।

प्रतिक्रिया