
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गर्दै तीन उपप्रधानमन्त्रीसहित १७ सदस्यलाई जिम्मेवारी बाँडफाँट गरेका छन् । एमालेका ७ र जसपा नेपालका १० जना गरी मन्त्रिपरिषदमा १७ जना सामेल छन् । तीमध्ये दुईजना राज्यमन्त्री छन् ।
मन्त्रिपरिषद सदस्यको वरीयतामा प्रधानमन्त्री ओलीले दोस्रो नम्बरमा आफ्नै विश्वासपात्र विष्णु पौडेललाई राखेका छन् । तेस्रो वरियतामा भने अर्का उपप्रधानमन्त्री रघुवीर महासेठ छन् ।
जसपा नेपालको एउटा पक्षको नेतृत्व गर्दै सरकारमा सहभागी भएका राजेन्द्र महतोले भने मन्त्रिपरिषदमा चौथो वरीयता पाएका छन् । जसपा नेपालकै शरतसिंह भण्डारी पाँचौ वरीयतामा छन् ।
प्रतिक्रिया