
काठमाडौं। पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयलाई बिचौलियाबाट बचाउनु पर्ने बताएका छन।
आइतवार मन्त्रालयमा पुर्वमन्त्री त्रिपाठीलाई बिदाई र नवनियुक्त मन्त्री शेर बहादुर तामाङलाई स्वागत गर्न आयोजित कार्यक्रममा त्रिपाठीले मन्त्रालयमा बिचौलिया हावी हुने गरेको बताए। पुर्वमन्त्री त्रिपाठीले सचिवालयलाई धेरै छुट दिँदा मन्त्रालयका काममा बिचौलिया पस्ने डर रहेको बताएका हुन्।
मन्त्री त्रिपाठी आफ्नो कार्यकालमा कोभिड खोप खरिदका बिषयमा विवादमा आएका थिए। उनले खोप खरिदका क्रममा बिचौलियाले अवरोध सिर्जना गरेको बताए पनि ति बिचौलियाका बारेमा भने सार्वजनिक गरेका थिएनन्।
आफू विवादमा आएपछि मन्त्री त्रिपाठीले घुमाउरो पारामा प्रधानमन्त्री तहबाट नै यसमा समस्या आइरहेको कुरा सार्वजनिक गरेका थिए। त्यसयता देखि नै प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री त्रिपाठीबीच मनमुटाव आएको बताइएको थियो। कोभिड खोप खरिदका विषयमा बिचौलियाका कारण नेपालमा भारतको सेरम इन्स्टिच्युटबाट खरिद गर्ने भनिएको खोप आउन सकेको छैन।
प्रतिक्रिया