Pura Samachar

नयाँ लहरले बालबालिकालाई प्रभावित बनाउने प्रमाण छैन

प्रकाशित: June 9, 2021

नयाँ लहरले बालबालिकालाई प्रभावित बनाउने प्रमाण छैन

नयाँ दिल्ली– तेस्रो लहरको क्रममा बालबालिकामा कोभिड–१९ को गम्भीर लक्षण भेटिन्छ भन्ने कुराको अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन दिल्लीस्थित एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले बताएका छन् ।

उनी भन्छन् –‘कोरोना संक्रमणका कारण ६० देखि ७० प्रतिशत बालबालिकालाई अस्पतालमा भर्ना गर्नु परेको थियो, उनीहरुमा अन्य रोगहरु पनि थिए ।’

‘बालबालिकामा भविष्यमा धेरै गम्भीर संक्रमण देखिन्छ भन्ने मलाई लाग्दैन’, डाक्टर गुलेरिया भन्छन् ।

संसारभरीका बालबालिकाहरु धेरै प्रभावित हुने देखिँदैन ।

दोस्रो लहरको क्रममा प्राप्त भएको तथ्यांकबाट पहिलाबाट विरामी भएका बालबालिका संक्रमित भए, जसलाई अन्य गम्भीर रोगहरु थिए, त्यस्ता बालबालिकालाई मात्र अस्पताल भर्ना गर्नु परेको थियो ।

संसारका अन्य भागमा जहाँ कोरोनाका विभिन्न नयाँ लहरहरु आइरहेका छन्, त्यहाँ पनि बालबालिकाहरु गम्भीर रुपले प्रभावित हुने तथ्यांक देखिँदैन ।

प्रतिक्रिया