Pura Samachar

वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

प्रकाशित: June 13, 2021

वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आइतबार एमाले निकट युवासंघका जिल्ला नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् ।

हत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको मकवानपुरका एसपी सोमेन्द्र सिंह राठौरले बताए । सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए ।

चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । तर वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ ।

संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गरेकाले मुद्दा दर्ता हुन नसक्ने व्यवस्था छ । तर अभिव्यक्ति स्वतन्त्रताको धारालाई टेकेर नै फौजदारी कसुरमा मुद्दा गरिएको पाइएको छ । मुद्दा दर्तासँग वैद्यलाई पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ ।

प्रतिक्रिया