Pura Samachar

देशभर बदली रहने, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षाकाे सम्भावना

प्रकाशित: June 14, 2021
पूरा समाचार

देशभर बदली रहने, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा समेत भईरहेको महाशाखको भनाइ छ ।

महाशाखाका अनुसार साेमवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै, साँझ देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मुसलधारे वर्षाको पनि संभावना रहेको छ।

आगामी २४ घण्टा देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया